Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


पाँचजना उद्योगपति जुवाको खालबाट पक्राउ


0
Shares

विराटनगर, कात्तिक २५ । मोरङको बूढीगंगा गाउँपालिका–१ स्थित गंगाचोकबाट प्रहरीले ठूलो रकमसहित पाँचजना उद्योगपति जुवाडेलाई आइतबार बिहान पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले दिएको जानकारीअनुसार विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–२ बस्ने चम्पालाल राठीको गोदामघरमा तास खेल्दै गरेको अवस्थामा नगदसहित ती उद्योगपतिलाई पक्राउ गरेको हो ।

यसरी पक्राउ पर्नेहरुमा गोदामघरधनी चम्पालाल राठीसहित विराटनगर–५ बस्ने ५० वर्षीय जीवन रिजाल, विराटनगर–३ बस्ने ५१ वर्षीय मुकेशकुमार अग्रवाल, विराटनगर–७ बस्ने ५१ वर्षीय बिमल अग्रवाल र ३८ वर्षीय हंशराज जैन रहेका छन् ।

उक्त जुवाको खालबाट प्रहरीले रु एक लाख ९० हजार १४० र १७ बुक तास बरामद गरेको छ ।

पक्राउ परेका पाँचजनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । रासस