
मंगलबार पाल्पाको तानसेनमा पाल्पा दरबार संग्रहालयको अवलोकन गर्दै मन्त्री अधिकारीले देशको प्रमुख आयस्रोतकारुपमा रहेको पर्यटन व्यव्सायलाई मजबुत् बनाउन पूर्वाधार बलियो बनाउनुपर्ने बताए ।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सन्चालन र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सरकारको प्राथमिकता रहेका छन्’–उनले भने ।
उनले पाल्पाका सरकारी कार्यालयका प्रमुखहरुलाई आ–आफ्नो क्षेत्रबाट नतिजामुखी काम गर्न निर्देशनसमेत दिए ।
प्रतिक्रिया दिनुहोस्