२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नीति तथा कार्यक्रम महत्वाकांक्षी सपनामात्रै : डा. महत


0
Shares

मंगलबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संसदमा प्रस्तुत् गरेको सरकारको नीति तथा कार्यक्रम वार्षिक कार्यक्रमभन्दा पनि दीर्घकालीन योजना भएको बताए ।

नीति तथा कार्यक्रम निकै लामोसमेत भएको भन्दै उनले सरकार काम गर्नेभन्दा पनि प्रचारमुखी रहेको आरोप लगाए ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातयातमन्त्री रघुवीर महासेठले सरकारको नीति तथा कार्यक्रम जनताको सपना पूरा गर्ने खालको रहेको दावी गरे ।

विद्युतीय गाडी सन्चालन : ऊर्जामन्त्री
सोही कार्यक्रममा ऊर्जामन्त्री वर्षमान पुनले विद्युत् आयात घटाउनका लागि सरकारले ५ वर्षभित्र ३ हजार मेगावाट र १० वर्षभित्र ५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको बताए ।

मुलुकलाई विद्युत्मा आत्मनिर्भर बनाइ विद्युतीय गाडी सन्चालन गर्ने पनि उनले सुनाए ।