नीति र कार्यक्रम पार्टीको घोषणापत्रजस्तो : कांग्रेस • Image Khabar Image Khabar


नीति र कार्यक्रम पार्टीको घोषणापत्रजस्तो : कांग्रेस


Imagekhabar
८ जेष्ठ २०७५, मंगलवार १८:०४

नीति र कार्यक्रम पार्टीको घोषणापत्रजस्तो : कांग्रेस

कांग्रेस संसदीय दलको मंगलबारको बैठकले नीति र कार्यक्रम पार्टीको घोषणापत्रजस्तो भएको र आगामी एक वर्षभित्र सरकारले के–के गर्ने प्रस्ट धारणा ल्याउन नसकेको ठहर गरेको छ ।

सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले नीति तथा कार्यक्रमले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, जनताको घर–आँगनमा सरकारको सेवा र सुविधा पुर्‍याउने प्रतिबद्धतालाई बेवास्ता गरेको आरोप लगाएको छ ।

बैठकले स्थानीय सरकार तथा प्रदेश सरकारलाई सशक्त बनाउने योजना दृढतापूर्वक नल्याएको, तीनै तहका निर्वाचन सम्पन्न भइसकेको अवस्थामा जनताको समृृद्धिको चाहनालाई पूरा गर्ने दृढतालाई प्राथमिकता दिन नसकेको निष्कर्ष निकालेको छ ।

सरकारले प्रस्तुत् गरेको नीति तथा कार्यक्रमबारे छलफलका लागि विज्ञसहित संसदीय दलको बैठकमा विज्ञहरूले आ–आफ्नो राय तथा सुझाव दिए मुख्य सचेतक बालकृष्ण खाँणले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्