नेप्से घट्यो, कारोबारमा वृद्धि « Imagekhabar – Online News Portal of Nepal


नेप्से घट्यो, कारोबारमा वृद्धि


0
Shares

यसदिन बजार परिसूचक नेप्से ४ अंकले घटेर १३ सय ३२ कायम भएर थामियो ।

यसदिन कारोबार भएकामध्ये बढीजसो समूह रातो रहे । बिमा, विकास बैंक, वाणिज्य बैंक, अन्य, जलविद्युत् र वित्त समूह ऋणात्मक रहे ।

बिमा समूहमा २४ अंकको गिरावट आएको हो भने अरु सामान्य अंकले रातो रहेका हुन् । उत्पादनमूलक, लघुवित्त र होटल समूह भने सामान्य अंकले हरियो रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६० कम्पनीका १० लाख ५८ हजार कित्ता सेयर ५४ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।