२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


इलाममा प्याराग्लाइडिङ्ग परीक्षण उडान सफल


0
Shares

इलाम, जेठ ९ । इलाममा प्याराग्लाइडिङ्ग परीक्षण उडान सफल भएको छ ।

जिल्लाको सुर्योदय नगरपालिकाको पर्यटकीयस्थल श्रीअन्तुबाट गोदक महेन्द्रबेसी सिद्धिखोलासम्म परीक्षण उडान गरिएको इलाम सोसाइटी युकेका संस्थापक अध्यक्ष सुमित्रा राईले जानकारी दिइन् ।

मंगलबार १५ मिनेटसम्म उडान गरिएको थियो । प्याराग्लाइडिङ्ग पाइलट विवेक शम्शेर राणाले परीक्षण उडान गरेका हुन् ।

इलाममा पर्यटकीय क्षेत्र प्रशस्त छन् । यी क्षेत्रलाई प्याराग्लाईडिङका माध्यमबाट नियाल्न पर्यटकहरु आकर्षित हुने विश्वास लिइएको छ ।

स्थानीयस्तरमै पाइलटसमेत उत्पादन गर्ने गरी आफूहरु पुनः इलाम आउने अध्यक्ष राईले बताइन् । अब इलाममा प्याराग्लाईडिङ्ग कम्पनी खोल्ने गरी इलाम आउने उनको भनाइ थियो ।

यसअघि इलाम नगरपालिकाको सुकिलुम्बा विमानस्थलमा प्याराग्लाइडिङ्ग उडान परीक्षण गरिएको थियो । मौसम प्रतिकुल भएका कारण उडान सफल हुन नसकेपछि त्यतिबेला अभ्यासमात्र भएको थियो ।

श्रीअन्तुबासीले इलाममा प्याराग्लाइडिङ्गको सम्भावना र उडान परीक्षणका लागि आएको टोलीलाई भव्य स्वागत गरेका थिए । जेठ ५ गते इलाम आएको टोली परीक्षण उडान सफल भएपछि पोखरा फर्र्किएको छ ।