२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि आज दिल्ली लगिने


312
Shares

काठमाडौं, जेठ ९ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि आज भारत लगिने भएको छ ।

आन्तरिक रक्तश्राव नरोकिएपछि उनलाई उपचार गर्न भारत लैजान लागिएको हो । राष्ट्रकवि घिमिरेको अहिले भने काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।

ग्रान्डी अस्पतालले नै भारतको मेदान्त अस्पतालमा लैजान सुझाव दिएकाले आज साँझ त्यसतर्फ लगिने पारिवारिक स्र्रोतले जनाएको छ ।

गत वैशाख २८ गतेदेखि निरन्तर आन्तरिक रक्तश्राव भएपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना भएका थिए ।

उनको उपचारमा संलग्न डाक्टर विवेक शर्माले सानो आन्द्राबाट रगत बगिरहेको तर त्यो ठाउँ पत्ता लाग्न नसकेकाले थप उपचारका लागि भारत लैजान सुझाव दिएको बताए। घिमिरेको मुटु, मिर्गौला र फोक्सोमा पनि समस्या देखिएको छ ।