हावादारी गफ गरेर जनतालाई नझुक्याउन सरकारलाई देउवाको सुझाव • Image Khabar Image Khabar


हावादारी गफ गरेर जनतालाई नझुक्याउन सरकारलाई देउवाको सुझाव


Imagekhabar
९ जेष्ठ २०७५, बुधबार १३:१८

हावादारी गफ गरेर जनतालाई नझुक्याउन सरकारलाई देउवाको सुझाव

प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारले प्रस्तुत् गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सभापति देउवाले गफभन्दा पनि काम गरेर देखाउन सरकारलाई सुझाव दिए ।

उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा रेलमार्ग, जलमार्ग, विद्युत्लगायतका विकासका कुरामा आधारहीन प्रचार गर्न खोजिएको टिप्पणी गरे ।

अबको पाँच वर्षमा नेपाली युवालाई विदेश जान नपर्ने गरी रोजगारको व्यवस्था गर्नु अहिलेकै अवस्थामा चुनौतीपूर्ण रहेको उनको भनाइ थियो ।

सभापति देउवाले विदेशी लगानी भित्र्याउन र विकासका कामलाई अगाडि बढाउने सवालमा अहिलेसम्म सरकारले कुनै ठोस कार्यक्रम ल्याउन नसकेको भन्दै आलोचना गरे ।

उनले नेपाली जनतालाई राष्ट्रवादको पाठ नसिकाउनसमेत सरकारलाई सुझाव दिए ।

सभापति देउवाले नीति तथा कार्यक्रमको सम्बोधनमा राष्ट्रपतिबाट सभामुख र अध्यक्षप्रति यथोचित सम्मानार्थी शब्द प्रयोग नभएकोमा व्यंग्य पनि गरे ।

प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।

प्रतिक्रिया दिनुहोस्