
चन्द्रौटा–कृष्णनगर सडकखन्डको सन्डीगाउँ जाने बाटोको छेउमा कालो टिसर्ट र सेतो पाइन्ट लागएको अवस्थामा अन्दाजी १४/१५ वर्षजस्तो देखिने किशोरको शव फेलापरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी सहायक निरीक्षक विष्णु राउतले जानकारी दिए ।
स्थानीयले किशोरको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शवको पोस्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगन्जमा पठाइएको प्रहरी सहायक निरीक्षक राउतले बताए । रासस
प्रतिक्रिया दिनुहोस्