Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


६ किलो चरेससहित दुईजना पक्राउ


0
Shares

नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले अत्तरियाबजारमा चरेस बोकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाजुराको छेदेदह गाउँपालिका–३ का २९ वर्षीय छत्रबहादुर बुढा र ५२ वर्षीय नौले बुढालाई रहेको प्रहरीले जनाएको छ ।

चरेस आलुको बोरामा लुकाएर लैजाँदै गर्दा उनीहरु समातिएका हुन् ।

चरेससहित पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाएको आरआइटीका प्रहरी सहायक निरीक्षक केशव जोशीले जानकारी दिए ।