२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नेप्से साढे ४ अंकले ओरालो


0
Shares

यसदिन पनि उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ४ अंकले ओरालो लागेर १३ सय २८ कायम भएर थामियो ।

लघुवित्त र अन्य सामान्य अंकले हरियो रहेबाहेक अरु सबै समूह रातो रहे ।

बिमा र उत्पादनमूलक समूह दोहोरो अंकले झरे भने अरु सामान्य अंकले ऋणात्मक रहेका हुन् । कारोबार पनि अघिल्लो दिनको तुलनामा न्यून रह्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६१ कम्पनीका ६ लाख ९३ हजार कित्ता सेयर जम्मा ३० करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।