२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पर्यटकीय स्थल खप्तडमा गंगा दशहरा मेलाको रौनक (फोटोफिचर)


0
Shares

डिबी विष्ट/ईमेज:
बझाङ, जेठ १० । प्रदेश नम्बर ७ को सबैभन्दा ठूलो धार्मिक एवम् पर्यटकीय स्थल खप्तडमा आज गंगा दशहरा मेला लागेको छ ।

यो मेला हरेक वर्ष जेठ शुक्ल नवमीका दिन लाग्ने गर्छ । गंगा दशहरा मेला हेर्न ठूलो संख्यामा दर्शनार्थीहरु खप्तड पुगेका छन् ।

मेला लाग्ने स्थान बझाङ, बाजुरा, डोटी र अछामको बीचमा पर्दछ । चार जिल्लाको सिमानामा रहेको खप्तडमा २२ वटा पाटन छन् ।

खप्तडको सबैभन्दा आकर्षक पक्ष नै धार्मिक तथा ऐतिहासिक गंगा दशहरा मेला हो ।

khaptad1

समुद्र सतहदेखि ३ हजार २ सय मिटर उचाईमा रहेको यो क्षेत्रमा खप्तड पाटन, त्रिवेणी, खप्तड दह, नाग ढुंगा, केदार ढुंगा, खप्तड बाबा आश्रम, सहस्श्रलिंग र चैत बैशाखमा फूल्ने लालीगुराँस पनि आकर्षक छन् ।

पुराणमा उल्लेख भएअनुसार सत्य युगमा खेचरादी पर्वमा सिद्धहरुले बास बस्ने तपोवन भूमिको रुपमा यसलाई वर्णन गरिएकाले यो भूमि पवित्र मानिएको हो ।

त्रिवेणी, सहस्र लिंग, खापरदह, खडुली, दुदुलीलगायतका स्थानमा दर्शन गरी स्नान गरेमा मनले चिताएको फल पाइन्छ भन्ने धार्मिक विश्वास रहँदै आएको छ ।

khapdatt3

khapdadd8

khaptad5

kkk

knew