नेपालगञ्जबाट पश्चिम पहाडी जिल्लामा हुने चाटर्ड उडान बन्द • Image Khabar Image Khabar


नेपालगञ्जबाट पश्चिम पहाडी जिल्लामा हुने चाटर्ड उडान बन्द


Imagekhabar
१० जेष्ठ २०७५, बिहीबार १२:३२

नेपालगञ्जबाट पश्चिम पहाडी जिल्लामा हुने चाटर्ड उडान बन्द

नेपालगञ्ज, जेठ १० । बाँकेको नेपालगञ्जबाट पश्चिम नेपालका पहाडी क्षेत्रमा गरिने चार्टर्ड उडान आजबाट बन्द भएको छ ।

चार्टर्ड उडानका नाममा यात्रुबाट चर्को भाडा असुली हुन थालेपछि उडान बन्द गर्ने निर्णय गरिएको नागरिक उड्डयन कार्यालय नेपालगन्जका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिए ।

निजी विमानले चार्टर्ड उडानको नाममा दोब्बरभन्दा बढी भाडा असुल्दै आएका थिए । तिवारीका अनुसार अब समान भाडादर कायम गरिएको छ ।

नयाँ भाडादर पहिलेको सहुलियत दरभन्दा अलिक महँगो र चार्टरभन्दा सस्तो पर्ने छ । यसअघि सातामा एक दिन मात्र सहुलियत उडान हुने गरेको थियो ।

चार्टर्ड उडान बन्द गरेर समान भाडादर तोकिएपछि सबै यात्रुले तोकिएको समान भाडामा यात्रा गर्न पाउने सुनिश्चित भएको छ ।

हाल नेपालगन्जबाट तारा, सीता, समीट र नेपाल एयरलाइन्सले पहाडी जिल्लामा विमान सेवा सन्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्