२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राजविराज विमानस्थल अब कुनैपनि हालतमा बन्द हुँदैन : मन्त्री अधिकारी


0
Shares

६ दशकदेखि ठप्प रहेको विमानस्थलको बिहीबार औपचारिकरुपमा हवाई सेवाको उद्घाटन गर्दै उनले सरकारले राजविराज विमानस्थललाई विशेष प्राथमिकतामा राखेर नियमित उडान सेवालाई निरन्तरता दिने बताए ।

सप्तरीको राजविराज र अछामको साफेबगर विमानस्थललाई विशेष प्राथमिकतामा राखेको बताउँदै मन्त्री अधिकारीले आगामी असार १ गतेभित्रै राजविराजबाट सेवा नियमित गर्न श्री एअरलाइन्सलाई निर्देशनसमेत दिए ।

हाललाई ५० सिट क्षमता भएको विमान सन्चालन हुने भन्दै उनले राजविराज विमानस्थललाई ‘कार्गो हब’कारुपमा विकास गरिने प्रतिबद्धता जनाए ।

उनले राजविराज विमानस्थल सन्चालन भएपछि सप्तरी, सिरहा, उदयपुर, ओखलढुंगा, सुनसरीका साथै भारतबाट पनि पशुपतिनाथ मन्दिर दर्शनका लागि यात्रीहरुलाई आकर्षित गर्नसकिने सम्भावना रहेको उल्लेख गरे ।

कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, पूर्वमन्त्री तथा राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देव, पूर्वमन्त्री सत्यनारायण मण्डल, प्रदेशसभा सदस्य एवं राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का महासचिव मनीषकुमार सुमनलगायतले अविलम्ब नियमित उडान हुनुपर्नेमा जोड दिए ।

वि.सं. २०१६ सालमा तत्कालीन यातायातमन्त्री स्व. गणेशमान सिंहले यो विमानस्थलको शिलान्यास गरेका थिए ।

राजविराज विमानस्थलमा एक हजार ५०० मिटर लामो तथा ३० मिटर चौडाइ पक्की रनवे, ६० मिटर चौडाइ र ९० मिटर लामो एप्रोन तथा ११० मिटर लामो र २० मिटर चौडाइ ट्याक्सीवे छन् ।