२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


कालीगन्डकीमा दुई युवा बेपत्ता, दुईजनाको उद्धार


0
Shares

बेपत्ता हुनेमा बगनासकाली गाउँपालिका–६, यम्घाका २५ वर्षीय गोविन्द्र परियार र २४ वर्षीय चन्द्रबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

विजय परियार र सागर परियारलाई भने स्थानीयले उद्धार गरेका छन् ।

गाउँमा कुलपूजा सकेर नदीमा पौडी खेल्न गएका उनीहरु डुबेर बेपत्ता भएका हुन् ।

उद्धार गरिएका दुई युवकको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बेपत्ता भएका युवाहरुको खोजी भइरहेको पनि प्रहरीले बताएको छ ।