
देशका खेतीयोग्य जमिन बाँझो बस्ने र विदेशबाट खाद्यान्न आयात गर्ने दर बढ्दै जानुले कृषिमा आत्मनिर्भर हुने कुरा फगत नारामात्रैमा सीमित रहेको देखिन्छ ।
नेपालले एक दर्जनभन्दा बढी देशहरुबाट खाद्यान्न आयात गर्ने गरेको छ ।
व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्यांकअनुसार नेपालमा गत आर्थिक वर्षमा १२७ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको थियो भने यस वर्ष १४५ अर्ब बराबरको खाद्यान्न आयात भइसकेको छ ।
गत वर्षभन्दा यस वर्ष खाद्यान्नको आयात १४.१ प्रतिशतले बढी भएको केन्द्रका उपनिर्देशक रवीन्द्र दवाडी बताउँछन् ।
नेपालले चार दशकअघिसम्म खाद्यान्न निर्यात गर्ने गर्दथ्यो । तर, पछिल्लो समय मागअनुसार उत्पादन हुन नसक्दा खाद्यान्न आयात बढेको अधिकारीहरुको भनाइ छ ।
आर्थिक वर्ष ०७४/०७५ मा निर्यात ७.४ प्रतिशतले बढेको छ भने आयात २०.४ प्रतिशतले बढेको छ ।
नेपालले सबैभन्दा बढी भारतबाट आयात गर्ने गर्दछ भने दोस्रोमा चीनबाट आयात गर्ने गर्दछ ।
नेपालबाट निर्यात हुने कृषिउपजहरुमा अलैंची, चिया र औषधिजन्य वस्तुहरु पर्दछन् ।
प्रतिक्रिया दिनुहोस्