 
	    जिल्ला अदालत मोरङमा बिहीबार पनि साढे ५ घन्टा उनको बयान लिइएको हो ।
बिहीबार गोरेले दिएको बयानको १६ पेजको विवरण उतारेको अदालतले जनाएको छ ।
मोरङ, उर्लाबारीका सनम शाक्यको हत्याको विषयमा पनि गोरेसँग सोधपुछ गरिएको जनाइएको छ ।
गोरेको बयानबाट धेरै महत्वपूर्ण सूचना आएको अदालत स्रोतले जनाएको छ ।
बयानमा उनले केही ठूला व्यक्तिको नामसमेत खोलेको बताइएको छ । तर, ती नामहरु खुलाउन बयान लिने अधिकारीहरुले अस्वीकार गरेका छन् ।
गोरेमाथि संगठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी–पैठारीको मुद्दा लगाइएको छ ।
उनको बयान शुक्रबार पनि जारी रहनेछ ।
यसअघि, मंगलबार सुन तस्करीकान्डमा मुछिएका उच्च प्रहरी अधिकारीसहित २८ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एअरलाइन्सका कर्मचारी र प्रहरीसँग ‘सेटिङ’ मिलाएर गोरेले सुन तस्करी गर्दै आएको आरोप प्रहरीले लगाएको छ ।
गत माघ ९ गते विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सुन लुटेको आशंकामा उनले करेन्ट लगाएर सनम शाक्यको हत्या गरेको आरोपसमेत लागेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्