२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा संशोधन प्रस्ताव दर्ता


0
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट बैठकमा संशोधनको प्रस्ताव दर्ता भएको हो ।

राष्ट्रियसभा बैठकमा बिहीबारदेखि सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै कांग्रेसका सुरेन्द्रराज पाण्डे, फोरमकी प्रमिला कुमारी तथा राजपाका वृषेशचन्द्र लालले संशोधनको प्रस्ताव दर्ता गराएका हुन् ।

संघीय संसदको यही जेठ ७ गते बसेको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत् गरेकी थिइन् ।

सभामुख र राष्ट्रियसभाका अध्यक्षको मर्यादा ख्याल नगरिएको भन्दै संशोधन प्रस्ताव दर्ता गरिएको सांसद पाण्डेले जानकारी दिए । रासस