१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


पनौती विद्युत्गृहलाई शैक्षिक ग्रामकारुपमा विकास गरिने


0
Shares

नेपाल विद्युत प्राधिकरण र काठमाडौं विश्वविद्यालयबीच विद्युत्गृहलाई शैक्षिक र अनुसन्धान केन्द्रकारुपमा प्रयोग तथा विकास गर्नेगरी समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको हो ।

बिहीबार काभ्रेको धुलिखेलमा आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. रामकण्ठ मकाजू श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

प्राधिकरणलाई वित्तीय भार नपर्ने गरी विद्युत्गृहको सुदृढीकरण, नयाँ संरचना निर्माणलगायतका सम्पूर्ण काम विश्वविद्यालयले गर्ने र विद्युत्गृहबाट अहिले उत्पादन भइरहेको ऊर्जा नघट्ने गरी विश्वविद्यालयले त्यस्ता संरचनाको प्रयोग गर्ने समझदारीमा उल्लेख छ ।