मुलुकमा कम्युनिष्टहरुको अधिनायकवाद शुरु : सिटौला • Image Khabar Image Khabar


मुलुकमा कम्युनिष्टहरुको अधिनायकवाद शुरु : सिटौला


Imagekhabar
११ जेष्ठ २०७५, शुक्रबार ११:०२

मुलुकमा कम्युनिष्टहरुको अधिनायकवाद शुरु : सिटौला

काठमाडौं, जेठ ११ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकमा कम्युनिष्टहरुको अधिनायकवाद शुरु भएको दाबी गरेका छन् ।

गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा नेता सिटौलाले कम्युनिस्टहरुको अधिनायकवादको नेपाली जनताले सशक्त प्रतिवाद गर्ने चेतावनी दिए । उनले नेपाली कांग्रेसले गुण र दोषका आधारमा सरकारलाई खबरदारी गर्ने बताए ।

सरकारले लोकतन्त्रविरुद्ध कुनै काम गरे त्यसको प्रतिकार गर्ने चेतावनी पनि उनले दिए । जनचाहना अनुसारका काममा सरकारले चासो नराखेको भन्दै उनले जनताका मुद्दालाई कांग्रेसले उठाउने बताए ।

सिटौलाले राष्ट्रियताका विषयमा नेपाली कांग्रेसभित्र कुनै गुट–उपगुट नभएको दाबी गर्दै मुलुकको समृद्धिका मुद्दामा पनि कांग्रेसले अगुवाई गरेको प्रष्ट पारे ।

कार्यक्रममा सहभागीहरुले भने संसद्मा नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्