
स्थानीय तहका जनप्रतिनिधिहरुलाई जिल्ला समन्वय समिति पाल्पाले ऐनअनुसार कर लगाउने विधि सिकाएको छ ।
तानसेन नगरपालिकाबाहेक जिल्लाका ९ ओटा स्थानीय तहका कार्यपालिका सदस्य र राजश्व परामर्श समितिका सदस्यहरुलाई तीनदिने प्रशिक्षण सन्चालन गरिएको जिल्ला समन्वय अधिकारी रामप्रसाद पाण्डेले बताए ।
जनप्रतिनिधिहरुलाई कर तथा शुल्कसम्बन्धी अवधारणा, सम्पत्ति पहिचान र करदाताको संकेत, जग्गा मूल्यांकन, एकीकृत सम्पत्ति कर कार्यान्वयनको कार्ययोजनालगायतका विषयमा सैद्वान्तिक तथा व्यवहारिक विषयमा जानकारी गराइएको छ ।
प्रतिक्रिया दिनुहोस्