
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा शर्मालाई सो पुरस्कार प्रदान गरिएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र उत्तम शान्ति पुरस्कार गुठीका ठाकुर पराजुलीले शर्मालाई नगद ५० हजार रुपैयाँ र ताम्रपत्रसहित सम्मानित गरे ।
शर्माको बाह्रखरीको बोटमुनिमा जीवन र जीवनयात्रालाई पूर्णरुपमा प्रस्तुत् गरिएको छ ।
साहित्यकार उत्तम कुँवर र शान्ति कुँवरको नाममा स्थापित उक्त पुरस्कार आख्यानयुक्त गद्य रचनालाई प्रदान गरिँदै आएको छ ।
कार्यक्रममा शर्माले आफ्ना प्रकाशित कृतिहरु उत्तम शान्ति गुठीलाई प्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्