
काठमाडौं, जेठ १३ । निरन्तर ओरालो लाग्ने क्रममा रहेको पूँजी बजार आइतबार पनि ओर्लियो ।
शेयर बजार परिसूचक नेप्से १३ सय विन्दुमा आइपुग्यो । यसदिन नेप्से १७ अंकले ओर्लिएर १३ सय दशमलब ४१ अंकमा आइपुग्यो ।
व्यापार समूह नगन्य अंकले हरियो रहे बाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्से झरेको हो ।
बीमा समूह सबैभन्दा उच्च १ सय २२ अंकले घट्यो ।
यसदिन १ सय ६१ कम्पनीको १० लाख २३ हजार कित्ता शेयर ३९ करोड ६८ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्