
काठमाडौं, जेठ १३ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक बर्षको आर्थिक सर्वेक्षण संघीय संसद्मा प्रस्तुत गरेका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै ६० लाख भन्दा बढि गरिवीको रेखामूखि रहेको बताए ।
उनले सरकारी खर्च बढेर बजेट घाटा बढ्न गएको पनि बताए । भुकम्प पीडितमध्ये ९ प्रतिशतले मात्र तेस्रो किस्ता पाएको जानकारी गराए ।
ब्यापार घाटा कुल ग्राहस्थ्य उत्पादनको ३७ प्रतिशत पुग्ने अनुमान गरिएको भन्दै शेयर बजार स्थिरताउन्मुख रहेको बताए ।
चालु आर्थिक बर्षको आठ महिनासम्म बैंक तथा वित्तीय संस्थाहरुमा २४ खर्ब ८७ अर्ब निक्षेप रहेको र २२ खर्ब ४२ अर्ब कर्जा परिचालन गरेको जानकारी दिए ।
निक्षेप वृद्धीको तुलनामा कर्जा वृद्धिदर उच्च रहेकाले केही वित्तीय संस्थामा लगानीयोग्य रकममा चाप परेको उनले उल्लेख गरे ।
आर्थिक वर्ष ०७४/७५ मा ३७ वटा सार्वजनिक संस्थामा २६ संस्थान नाफामा गएको जानकारी गराए । ११ वटा संस्थान अझै घाटामा नै संचालन भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्