८ महिनामा १८ हजार घरेलु तथा साना उद्योग दर्ता • Image Khabar Image Khabar


८ महिनामा १८ हजार घरेलु तथा साना उद्योग दर्ता


Imagekhabar
१४ जेष्ठ २०७५, सोमबार १४:४३

८ महिनामा १८ हजार घरेलु तथा साना उद्योग दर्ता

साना उद्योगलाई आर्थिक विकासको मेरुदन्डकारुपमा लिएको सरकारले आइतबार संघीय संसदमा प्रस्तुत् गरेको चालू आवको ८ महिनाको आर्थिक सर्वेक्षणअनुसार ४० हजार १०० जनालाई रोजगार दिने गरी सो संख्यामा उद्योग दर्ता भएका हुन् ।

दर्ता भएका उद्योगमा सबैभन्दा धेरै प्रदेश नम्बर–३ मा पाँच हजार ५३२ र सबैभन्दा कम कर्णाली प्रदेशमा ५०६ उद्योग रहेका छन् ।

प्रदेश नम्बर–१ मा एक हजार ९०४, प्रदेश नम्बर–२ मा तीन हजार १८७, प्रदेश नम्बर–४ मा दुई हजार ३७१, प्रदेश नम्बर–५ मा तीन हजार ७७४ तथा प्रदेश नम्बर–७ मा एक हजार २८८ उद्योग दर्ता भएका छन् ।

हालसम्म नेपालमा घरेलु तथा साना उद्योग विभाग र घरेलु तथा साना उद्योग विकास समितिमार्फत् चार लाख पाँच हजार ७४ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

चालू आवको ८ महिनामा १५ हजार ३४५ फर्म तथा कम्पनी, कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएका छन् ।

पब्लिक लिमिटेडमा ३४, प्राइभेट लिमिटेडमा १४ हजार ९६६, मुनाफा वितरण नगर्ने ३०९ र विदेशी ३६ कम्पनी रहेका छन् ।

स्थानीय स्रोत–साधनको परिचालन गरी रोजगारीको अवसर सिर्जना गर्न सरकारले लघुउद्यम कार्यक्रमअन्तर्गत् चालू आवकोे ८ महिनामा एक लाख ३२ हजार लघुउद्यमी सिर्जना गरेको छ । सिर्जना भएका लघुउद्यमीमध्ये ७४ प्रतिशत महिला रहेका छन् ।

उक्त कार्यक्रममार्फत् गरिबीको रेखामुनि रहेका करिब एक लाख ७१ हजार नागरिकले रोजगार पाएका बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्