
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लमजुङको दोर्दी तथा न्यादी खोलामा निर्माणाधीन आयोजना सम्पन्न हुन कम्तीमा दुई वर्ष लाग्ने देखिएको र त्यस अवधिमा प्राधिकरणले सबस्टेसन तथा प्रसारणलाइन बनाइसक्ने बताए ।
उनले प्रसारणलाइन तथा सबस्टेसनको काम द्रुतगतिमा अघि बढाउन प्रसारणलाइनका आयोजना प्रमुखलाई निर्देशन पनि दिए ।
आयोजनाभन्दापहिले प्रसारणलाइन बनाइने र प्रसारणलाइनको अभावमा विद्युत् जोड्न नसकी खेर फाल्नुपर्ने अवस्था आउन नदिने घिसिङले प्रतिबद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस्