२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विराटनगरबाट छिट्टै अन्तरदेशीय उडान : मुख्यमन्त्री राई


0
Shares

सोमबार विराटनगरमा नेपाल चेम्बर अफ कमर्सको १ नम्बर प्रदेश तथा मोरङ कार्यालयको शुभारम्भ गदै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।

उनले १ नम्बर प्रदेशको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकास गर्ने र भारतको सिक्किम, बंगलादेशलगायतका मुलुकसँग प्रदेशलाई जोड्न अन्तर्राष्ट्रिय उडानले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले १ नम्बर प्रदेशलाई भुटान, बंगलादेश, सिक्किमलगायतसँग जोड्दै समृद्धिमा लैजानसकिने बताए ।

यो प्रदेश अथाह सम्भावना भएको प्रदेश रहेको भन्दै उनले यहाँका कृषि, पर्यटन, संस्कृतिलाई छिमेकी मुलुकसँग जोड्नुपर्ने बताए ।

चेम्बर अफ कमर्सको १ नम्बर प्रदेश अध्यक्षमा पर्शुराम दाहाल र मोरङको अध्यक्षमा सुरेशमान श्रेष्ठ रहेका छन् ।