२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘तामाकोसी जलविद्युत् आयोजना एक वर्षभित्रै सम्पन्न’


0
Shares

कम्पनीको सोमबार राजधानीमा सम्पन्न दशौं वार्षिक साधारणसभाका अवसरमा हालसम्म ९५ प्रतिशत निर्माण सम्पन्न भएको र आगामी वर्षभित्र सन्चालनमा आउने जनाइएको हो ।

सटही दरका कारण आयोजनाको लागत ३५ अर्ब २९ करोड रुपैयाँ रहेकामा अब ४९ अर्ब २९ करोड रुपैयाँ हुने संशोधित अनुमान प्रतिवदेनमा उल्लेख गरिएको छ ।

आयोजनाको निर्माणकार्य सम्पन्न भइसकेपछि विद्युत्गृहबाट निस्कने पानीलाई करिब ८ किमि सुरुङमार्फत् १०१ मेगावाट क्षताको तामाकोसी–पाचौं आयोजना निर्माण गर्ने प्रक्रिया अगाडि बढाइसकेको कम्पनीले जनाएको छ ।

साधारणसभाको उद्घाटन गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीको ११औं वार्षिक साधारणसभामा तामाकोसी जलविद्युत् आयोजनाको उद्घाटन गर्ने संकल्प गरे ।