
तनहुँ, जेठ १५ । तनहुँको पालुङ्टारका एक किसान गाईपालन गरेर लाखौं आम्दानी गर्न सफल भएका छन् ।
पालुङ्टार–७ च्याङ्लीका राजेन्द्रराज पन्तले गाईपालनबाटै मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेका हुन् ।
कामधेनु गाईपालन केन्द्र दर्ता गरी २०५२ सालमा सात वटा गाईबाट व्यवसाय सुरु गरेका उनको र्फाममा अहिले तीन सयभन्दा बढी गाई छन् ।
जर्सी र होलिस्ट्यान जातका उन्नत गाई उनको फार्ममा छन् । उनको फार्ममा अहिले ३ सय ६० गाई र ४५ बाच्छाबाच्छी छन् ।
गाईबाट दैनिक १३ सय लिटर दूध उत्पादन हुने गरेको पन्त बताउँछन् ।
मासिक एक लाख आम्दानी हुने बताउने पन्तले दूधको माग बढीरहेकाले यो व्यवसायमा हात हाल्न अन्य कृषकलाई सुझावसमेत दिने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्