अलैंची विरुवाको उत्पादन बढ्यो, मुल्य घट्यो • Image Khabar Image Khabar


अलैंची विरुवाको उत्पादन बढ्यो, मुल्य घट्यो


Imagekhabar
१५ जेष्ठ २०७५, मंगलवार १०:००

अलैंची विरुवाको उत्पादन बढ्यो, मुल्य घट्यो

लमजुङ, जेठ १५ । विरुवा रोप्ने सिजन सुरु भएसँगै लमजुङमा अलैंचीको विरुवाको नयाँ मूल्य निर्धारण गरिएको छ ।

नेपाल अलैंची व्यवसायी महासंघ लमजुङ, जिल्ला कृषि विकास कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैंची जोन, अलैंची नर्सरी कृषकको संयुक्त बैठकले नयाँ मूल्य निर्धारण गरेको हो ।

नयाँ मूल्य अनुसार सबै जातको अलैँचीको प्रतिविरुवा ८ रुपैयाँ निर्धारण गरिएको छ । यसअघि ७ देखि १० रुपियाँ मूल्य थियो ।

नेपाल अलैंची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङका अनुुसार रामसाई, गोलसाई, डम्वरसाई, साउने, जिर्मले र भरलाङ्गे जातको अलैँची विरुवाको मूल्यमा एकरुपता कायम गरिएको छ ।

पुराना गाँजबाट निकालिएको प्रतिविरुवा ५ रुपैँया र ३२ महिना पुरा भएको नर्सरीको विरुवाको मूल्य ८ रुपैयाँ तोकिएको छ । यसवर्ष अलैंची विरुवा उत्पादन बढेकाले मूल्य घटाइएको महासंघले जनाएको छ ।

नेपाल अलैंची ब्यवसायी महासंघ लमजुङका अनुसार गतवर्ष २५ लाख विरुवा बिक्री भएको थियो । उत्पादन धेरै भएकाले गत वर्ष बिक्रीमा समस्या आएको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैंची जोन कार्यक्रमका प्रमुख गोविन्द कोइरालाले जिल्लामा उत्पादन गरिएका विरुवाको तथ्यांक संकलन भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्