१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


रोकिराखेको बसमा मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु


0
Shares

काठमाडौं, जेठ १५ । काठमाडौं महानगरपालिका–३ बसुन्धरास्थित तिलिंगाटारमा आज बिहान भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उक्त स्थानमा रोकिराखेको बा२ख ६२३० नम्बरको बसमा बा३७प ७३८० नम्बरको मोटरसाइकल आज बिहान ४ः२५ मा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजना घाइते भएका थिए । उनीहरुको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा निधन भएको हो ।

मोटरसाइकल चालक बाराका ३५ वर्षीय मानबहादुर बलको मात्र परिचय खुलेको छ भने पछाडि सवार पुरुषको नाम नखुलेको महाशाखाले जनाएको छ । (रासस)