१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


डडेल्धुराको गजरौलामा भएको जिप दुर्घटनामा परी ३ जनाको मृत्यु, ८ घाइते


0
Shares

डडेल्धुरा, जेठ १५ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं. ३ गजरौलामा आज विहान जिप दुर्घटना हँुदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

डोटीको दिपायलबाट धनगढीतर्फ गइरहेको से १ ज ३३० नम्बरको शैलेश्वरी यातायातको जीप दुर्घटना ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको छ ।

घाइतेमध्ये २ जनालाई डोटी र ६ जनालाई डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको छ । जिप सडकबाट २ सय मिटर तल खसेको छ ।