Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


सातओटै प्रदेशमा चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान


0
Shares

अहिले स्वदेशी औषधि उत्पादनबाट करिब ४५ प्रतिशत पुग्दछ ।

अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा संसदमा प्रस्तुत् आव २०७५/७६ को बजेटमा सातओटै प्रदेशमा चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान स्थापना गर्ने उल्लेख गरिएको छ ।

बजेट वक्तव्यमा १०० शय्या भएको अस्पतालले विशेषज्ञ सेवा, ज्येष्ठ नागरिक सेवा सुरु गर्ने तथा निजी मेडिकल कलेजले दुर्गम क्षेत्रमा घुम्ती स्वास्थ्य सेवा सुरु गरिने उल्लेख छ ।

मेडिकल चिकित्सालाई व्यवस्थित बनाउन छाता स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन ल्याउने, प्रत्येक प्रदेशमा ज्येष्ठ नागरिक आरोग्य आश्रम स्थापना, महामारी रोग नियन्त्रणमा विशेषज्ञ परिचालन, प्रत्येक स्थानीय निकायमा स्वास्थ्य संस्था स्थापना एवं सुदृढीकरण गर्न समग्रमा रु चार अर्ब अनुदान, वीर अस्पतालको गुरु योजनाअनुसार काम अगाडि बढाइने तथा स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई प्रदान गरिँदै आएको भत्तालाई वृद्धि गर्ने बजेट वक्तव्यमा उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि रु ५६ अर्ब ४१ करोड विनियोजन भएको छ ।

बजेटमा ७० वर्षभन्दा माथिका नागरिकलाई स्वास्थ्य बिमाको रकम सरकारले नै व्यहोर्ने र हवाई एम्बुलेन्सलाई व्यवस्थित गरिने बजेटमा रहेको छ ।

सबै सार्वजानिक स्थल, सवारी–साधनमा धूमपान तथा मदिरापान सेवनलाई पूर्णरोक लगाउने, मदिरा तथा सुर्तीजन्य पदार्थका आयात उत्पादन तथा बिक्री–वितरणमा कार्यविधि बनाइ थप व्यवस्थित गरिने बजेट वक्तव्यमा उल्लेख छ । रासस