सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याइने • Image Khabar Image Khabar


सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याइने


Imagekhabar
१५ जेष्ठ २०७५, मंगलवार १७:३२

सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याइने

संघीय संसदको मंगलबारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत् गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटमा आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने, ‘पहिले देश अनिमात्र विदेश’ भन्ने नीति लिएको सरकारले गुणस्तरीय पर्यटक भित्र्याउन आवश्यक पूर्वाधारको विकास तथा कार्यक्रम अगाडि बढाउने उल्लेख छ ।

सीमित समयको पर्यटनलाई बाह्रै महिना सन्चालन हुने गरी आवश्यक व्यवस्था गरिएको छ ।

भारत र चीनलक्षित पर्यटन प्रवद्र्धनको कामलाई तीव्रता दिने लक्ष्य राखिएको छ ।

नेपाल होटल व्यवस्थापन राष्ट्रिय प्रतिष्ठानलाई पर्यटन विश्वविद्यालयकोरूपमा अगाडि बढाइने भएको छ । त्यसका लागि आवश्यक प्रक्रिया सुरु गरिने भएको छ ।

हिमाल आरोहणलाई थप सुरक्षित र व्यवस्थित बनाउने लक्ष्य बजेटमा राखिएको छ ।

सरकारले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि रु पाँच अर्ब २० करोड ३४ लाख विनियोजन गरिएको छ ।

हवाई क्षेत्रमा १९ अर्ब
यस्तै, सरकारले हवाई क्षेत्रको विकासका लागि रु १९ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ । यसमा निजगढ विमानस्थलको निर्माण प्रक्रिया सुरु गर्नेदेखि निर्माणाधीन गौतमबुद्ध विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थललाई शीघ्र सम्पन्न गरी अगाडि बढाउने लक्ष्य राखिएको छ ।

यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार तथा आन्तरिक विमानस्थलको स्तारोन्नति गर्ने लक्ष्य राखिएको छ ।

सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्ने लक्ष्यसमेत बजेटले राखेको छ । रासस

प्रतिक्रिया दिनुहोस्