
अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संघीय संसदमा आर्थिक वर्ष २०७५/७६ को आयव्ययको विवरण प्रस्तुत् गर्दै वनको संरक्षण र उपयोगमा तीन तहका सरकारको परिपूरक भूमिका स्थापित गर्ने बताए ।
सरकारले नदी किनारा, बाँझो र पर्ति जमिन, खस्केको जमिनमा वृक्षारोपण तथा वन विस्तार गर्ने एवं स्थानीय वातावरणमा अनुकूलनका वन पैदावारको विस्तार गर्न प्रोत्साहन गर्ने भएको छ ।
जैविक विविधता संरक्षण, वातावरण संरक्षण र व्यवस्थापनमार्फत् भूक्षय नियन्त्रण र नदी किनारा संरक्षण गर्ने उल्लेख गर्दै अर्थमन्त्री डा. खतिवडाले भने–‘प्रदेश र स्थानीय तहसँगको समन्वयमा राष्ट्रपति तराई चुरे कार्यक्रम प्रभाकारी बनाइ पहिरो नियन्त्रण र कृषि वन प्रणालीको प्रवद्र्धन तथा विकास गरिनेछ ।’
अर्थमन्त्री डा. खतिवडाले पहाडी भूभाग र चुरे क्षेत्रमा वर्षात्को पानी संरक्षण गरी जैविक विविधता प्रवद्र्धन गर्न स्थानीय तहको समन्वयमा पोखरी निर्माण गर्ने बताउँदै ‘सरकारी, निजी, सहकारी र समुदायको साझेदारीमा जडीबुटी तथा वन पैदावारमा आधारित उद्योग स्थापना गरिनेछ’–भने ।
राष्ट्रिय निकुञ्जलगायत संरक्षण क्षेत्रमा स्थानीय र निजी क्षेत्रसँगको सहकार्यमा पर्या–पर्यटनको विकास गर्ने पनि उनले बताए । रासस
प्रतिक्रिया दिनुहोस्