बालकृष्ण ढुंगेलको रिहाइमा कांग्रेसको आपत्ति • Image Khabar Image Khabar


बालकृष्ण ढुंगेलको रिहाइमा कांग्रेसको आपत्ति


Imagekhabar
१५ जेष्ठ २०७५, मंगलवार २०:५२

बालकृष्ण ढुंगेलको रिहाइमा कांग्रेसको आपत्ति

संघीय संसदको मंगलबारको बैठक प्रारम्भमै कांग्रेसका सबै सांसदहरु आफ्नो आशनबाट उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले सांसद गगन थापालाई बोल्न समय दिएका थिए ।

सांसद थापाले ढुंगेल व्यक्ति हत्याका आरोपमा सर्वोच्च अदालतबाट फैसला भइ थुनामा परेका हुनाले सो मुद्दालाई सत्यनिरुपण तथा मेलमिलाप आयोगको दायरामा ल्याएर हेर्न नमिल्ने जिकिर गरे ।

थापाले भने–‘सरकारले ढुंगेलको चालचलन सुध्रिएको भनेर विगतमा राजाले माफी दिएझैं वर्तमान प्रधानमन्त्रीलाई त्यो सुविधा छैन । यस्तो निर्णय फिर्ता लिनुपर्छ ।’

तत्पश्चात् बैठक चालू भइ अर्थमन्त्रीले बजेट प्रस्तुत् गरेका थिए ।

तत्कालीन नेकपा माओवादी केन्द्रका पूर्वसांसद ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि उनी मंगलबारै डिल्लीबजार कारागरबाट रिहा भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्