२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


जिप खस्दा बाबुको मृत्यु, छोरी गम्भीर घाइते


0
Shares

रुकुम पश्चिम, कात्तिक २३ । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

जिल्लाको बाँफिकोट गाउँपालिका–३, दहखोलामा शुक्रबार बेलुकी जिप दुर्घटना हुँदा जिप चालक आठबिसकोट नगरपालिका–१ का २८ वर्षीय टेकमान विकको मृत्यु भएको हो ।

स्यार्पूबाट नेपानेतर्फ जाँदै गरेको लु१ज २६६८ नम्बरको जिप दुर्घटना हुँदा चालक विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

दुर्घटनामा परी विककी पाँच वर्षीया छोरी पार्वती गम्भीर घाइते भएकी प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

घाइते विकलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदैछ । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

विक जिप लिएर नेपानेमा रहेको ससुरालीमा जाँदै गर्दा दुर्घटना भएको बताइएको छ । रासस