
केशव भण्डारी (इमेज)
बुटवल, असार ११ । प्रदेश नम्बर–५ सरकारले पेस गरेको विनियोजन विधेयक २०७५ को सत्तारुढ दलकै प्रदेशसभा सदस्यहरुले कडा आलोचना गरेका छन् ।
सोमबारदेखि प्रदेशसभामा सुरु भएको विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सत्तापक्षका अधिकांश सांसदहरुले नीति तथा सिद्धान्तविपरीत भएको भन्दै बजेटप्रति असन्तुष्टि जनाएका हुन् ।
उनीहरुले मुख्यमन्त्री शंकर पोखरेलले भेदभाव गरेको भन्दै आलोचनासमेत गरे ।
मुख्यमन्त्री पोखरेलको गृहजिल्ला दाङका नेकपाका प्रदेशसभा सदस्य इन्द्रजित थारुले बजेट समाजवादउन्मुख नभएको बताउँदै पर्यटकीय विकास गर्ने भन्दै जग्गा दलालहरुले रक्सी खाने ठाउँमा पैसा खन्याएको आरोप लगाए ।
यस्तै, नेकपाकै अर्का सांसद कुलप्रसाद पोखरेल र इन्द्रप्रसाद खरेल, दीपेश थारुलगायतले मुख्यमन्त्रीले बजेटमा विभेद गरेको गुनासो गरे ।
उनीहरुले बजेटमाथि पुनःविचार गर्न पनि माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्