२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


हरियो लालपुर्जाबाट कृषकलाई दुई प्रतिशत ब्याजमा ऋण : मन्त्री खनाल


0
Shares

कृषि क्षेत्रको आधुनिकीकरण गर्ने योजनामा सरकार रहेको भन्दै उनले दुई प्रतिशत ब्याजमा ऋण र कृषकलाई हरियो लालपुर्जा दिएर विभिन्न क्षेत्रमा अनुदान दिने योजना रहेको बताए ।

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर–१० मा बुधबार नवनिर्मित स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै मन्त्री खनालले यस्तो बताएका हुन् ।

सरकारले कृषि क्षेत्रका लागि झन्डै ३५ अर्ब बजेट छुट्याएको जानकारी दिँदै मन्त्री खनालले खन्डीकरण जमिनको उपयोग र व्यवस्थापन गरेर नेपालीलाई खान पुग्ने कृषि उत्पादकत्व वृद्धि गर्ने योजना रहेको सुनाए ।