
बुधबार चितवनको भरतपुर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले ढुंगेलको मुद्दा युद्धकालीन राजनीतिक मुद्दा भएको र सबै राजनीतिक दलहरुकाबीचमा सहमति भएअनुसार नै गणतन्त्र दिवसको दिनमा रिहा गरिएको दावी गरे ।
उनले ४० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीहरुलाई दिने सुविधाअनुसार नै ढुंगेल रिहा भएकाले अन्यथा नलिनसमेत आग्रह गरे ।
गृहमन्त्री थापाले सीके राउत र नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई मूलधारको राजनीतिमा आउन पनि आग्रह गरे ।
देशमा अस्थिरता मच्चाउन खोजिए कानुनी र प्रशासनिक दुवै बाटो अपनाउने चेतावनी उनले दिए ।
मंगलबार सार्वजनिक गरिएको बजेट पूर्वाधार निर्माण, सुशासन र समाजवादउन्मुख भएको उनको भनाइ थियो ।
अर्को एक प्रसंगमा गृहमन्त्री थापाले विकास निमार्णमा देखापर्ने अनियमिता, भ्रष्टाचार र ढिलासुस्ती अब कम हुने भन्दै समयमै काम नसक्ने ठेकेदारलाई कारबाही गर्ने विषय बजेटमै उल्लेख भएकाले अब मुलुक सुशासनतर्फ जाने बताए ।
प्रतिक्रिया दिनुहोस्