बजेटप्रति प्रदेश–१ असन्तुष्ट, विराटनगरका उद्योगी–व्यापारी भने हौसिए (भिडियो) • Image Khabar Image Khabar


बजेटप्रति प्रदेश–१ असन्तुष्ट, विराटनगरका उद्योगी–व्यापारी भने हौसिए (भिडियो)


Imagekhabar
१६ जेष्ठ २०७५, बुधबार १८:२७

बजेटप्रति प्रदेश–१ असन्तुष्ट, विराटनगरका उद्योगी–व्यापारी भने हौसिए (भिडियो)

प्रदेश नम्बर–१ सरकारले बजेट निराशाजनक भएको प्रतिक्रिया दिएको छ । तर, उद्योगी–व्यापारीले बजेट सकारात्मक रहेको भन्दै हौसिएका छन् ।

अर्थमन्त्री डा. खतिवडाले मंगलबार संघीय संसदमा बजेट प्रस्तुत् गरेपछि यसकाबारेमा विभिन्न टीका–टिप्पणी सुरु भएका छन् ।

बजेटकाबारेमा धेरैको मिश्रित प्रतिक्रिया आएपनि निजी क्षेत्र भने उत्साहित देखिएको छ ।

प्रदेश नम्बर–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले प्रस्तुत् बजेटले प्रधानमन्त्रीले देखाएकोे समृद्धिको सपना पूरा गर्न नसक्ने भएको र पराम्परागत तरिकाबाट बजेट ल्याइएको प्रतिक्रिया दिएका छन् ।

यस्तै, संघीयतामा गएपनि वित्तीय संघीयतामा प्रदेश र स्थानीय तहलाई उपेक्षा गरिएको उनको प्रतिक्रिया छ ।

बजेटमा धेरै कुरा करछुटको विषय आएको र केही छुट फिर्ता लिएको देखिएपनि उत्पादन र रोजगारीमूलक उद्योगलाई बढावा दिने कुरा महत्वपूर्ण भएको प्रतिक्रिया छ ।

उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतकाअनुसार बजेट निजी क्षेत्रले गरेको आशा पूरा गर्ने किसिमकोे छ ।

ऊर्जा, कृषि र सडकलाई प्राथमिकता दिनु बजेटको सकारात्मक पक्ष रहेको विराटनगरका व्यापारीको प्रतिक्रिया छ ।

विद्युत् उत्पादनको सरकारी लक्ष्यले मुलुकमा औद्योगिकरणको वातावरण बन्ने र लगानी भित्रिने धेरैकोे अपेक्षा छ ।

विगतमा आएका बजेटमा असन्तुष्टि व्यक्त गरिरहने उद्योगी–व्यापारीले पनि समग्रमा घोषित बजेटबारे सन्तुलित प्रक्रिया दिएका छन् ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्