२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विश्व धूमपानरहित दिवस मनाइँदै


0
Shares

सुर्तीजन्य पदार्थले मानव स्वास्थ्यमा पार्ने नकारात्मक असरबारे सन्देश दिँदै नेपालमा पनि यो दिवस मनाइँदैछ ।

धूमपानका कारण हुने क्षति न्यूनीकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अह्वानमा वर्षेनि मे ३१ मा विश्वभर यो दिवस मनाउने गरिन्छ ।

विश्वमा प्रत्येक वर्ष धूमपानका कारण झन्डै ७० लाख व्यक्तिको मृत्यु हुने गरेको विश्व स्वाथ्य संगठनले जनाएको छ ।

नेपालमामात्रै धूमपानका कारण वर्षेनि १७ हजार व्यक्तिको मृत्यु हुने गरेको तथ्यांक छ ।

दिवसको अवसरमा बिहीबार काठमाडौंको भृकुटीमन्डपबाट र्‍याली निकालियो । र्‍यालीमा चिकित्सक, विद्यार्थीलगायत विभिन्न संघ–संस्थाको सहभागिता थियो ।

नेपालमा भने यस वर्षको नारा ‘सुर्तीजन्य पदार्थले मुटु बिगार्छ : सुर्ती छाडौं, स्वास्थ्य रोजौं’ भन्ने तय गरिएको छ ।

सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यको मुुटमा पार्ने असरबारे चेतना फैलाउने लक्ष्य यस वर्षको विश्व धूमपानरहित दिवसको छ ।

विश्व स्वास्थ्य संगठनकाअनुसार विश्वमा मुटुरोगबाट ज्यान गुमाएकामध्ये १० प्रतिशतभन्दा बढीको मृत्युको कारण सुर्तीजन्य पदार्थको सेवन हुने गरेको छ ।