Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


माफियाहरुको एकाधिकार अन्त्य गरी किसानलाई बिउ-मल उपलब्ध गराउँछु: मन्त्री खनाल


0
Shares

बासुदेव बर्मा/ ईमेज:

कपिलबस्तु । जेष्ठ १६ । कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल (बलदेव)ले किसानले खेती गर्ने बेला बिउ र मलको उपलब्धतालाई सरकारले बिशेष ब्यबस्था गरेको बताएका छन् ।

उत्पादनको समयमा माफियाहरुले गर्ने एकाधिकार अन्त्य गरी किसानहरुलाई बिउ तथा मल बितरणमा सहजता ल्याउने मन्त्री खनालको जोड दिए ।

गृह जिल्ला कपिलबस्तु आइपुगेका मन्त्री खनालले मायादेवी गाउपालिकामा कार्यकर्ता भेटघाट कार्यक्रममा पत्रकार संग संक्षिप्त कुराकानी गर्दै नेपालमा हाइब्रिड जातको बिउको माग धेरै रहेकोले यस्को सहज उपलब्धताका लागी आफुले काम गरिरहेको बताएका छन् ।

नेपाल सरकारले कृषि क्षेत्रका लागि ३५ अर्ब बजेट छुट्याएको भन्दै तरकारी खेती तथा धानखेतीका लागी मलखाद, विउ विजन, सहुलियत ऋण सुविधा लगायतका विभिन्न शिर्षकमा सरकारी तवरबाट अनुदान प्रदान गरिने बताएका छन् ।

तरकारी उत्पादनमा मुलुकलाई आत्मनिर्भर गराउन कृषकहरुलाई तरकारी खेती तर्फ उन्मुख गर्न कृषकका लागी थप कार्यक्रम समेत ल्याइने मन्त्री खनालले जनाएका छन् ।