
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा शैक्षिक क्षेत्रका लागि बजेट कम भएको, शिक्षा क्षेत्रमा भएको निजीकरणको अन्त्य हुनुपर्नेलगायत माग राखेर आन्दोलन गरिने उनीहरुले जनाए ।
उनीहरुले शिक्षाका क्षेत्रमा भएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण पनि गराए ।
विद्यालय र शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने केन्द्रमात्र भएको उनीहरुको टिप्पणी थियो ।
कार्यक्रममा प्याब्सनका महासचिव राजेन्द्र बानियाँले भने विद्यालय शिक्षालाई सेवामुखी बनाउन औचित्य नभएको रकम नलिने व्यवस्था गर्नुपर्ने भन्दै शिक्षा पूर्णनिःशुल्क नहुने तर सेवामुखी हुनुपर्ने उल्लेख गरे ।
नयाँ शक्ति पार्टी, संघीय समाजवादी फोरम, अखिल क्रान्तिकारी वैद्य पक्ष, राष्ट्रिय विद्यार्थी युनियन, राजपा विद्यार्थी युनियनलगायतका विद्यार्थी संगठनले कार्यक्रमको आयोजना गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्