‘बजेटले प्रदेश–२ लाई राणाकालीन र पञ्चायतकालीन आँखाबाटै हेर्‍यो’ (भिडियो) • Image Khabar Image Khabar


‘बजेटले प्रदेश–२ लाई राणाकालीन र पञ्चायतकालीन आँखाबाटै हेर्‍यो’ (भिडियो)


Imagekhabar
१७ जेष्ठ २०७५, बिहीबार १८:१३

‘बजेटले प्रदेश–२ लाई राणाकालीन र पञ्चायतकालीन आँखाबाटै हेर्‍यो’ (भिडियो)

प्रदेश सरकारका साथै स्थानीयबासीलेसमेत बजेटप्रति तीव्र असन्तुष्टि पोखेका छन् ।

मंगलबार संसदमा प्रस्तुत् भएको बजेटकाबारेमा धेरैको प्रतिक्रिया आउनेक्रम जारी छ । धेरैजसो ठाउँबाट बजेटप्रति मिश्रित प्रतिक्रिया आइरहेका बेला २ नम्बर प्रदेश भने बढी असन्तुष्ट देखिएको छ ।

बजेटमा २ नम्बर प्रदेशका लागि १६ अर्ब ९२ करोड रुपैयाँ रकम छुट्याइएको छ ।

आर्थिक वर्ष २०७५/०७६ का लागि प्रस्तुत् भएको बजेटले २ नम्बर प्रदेशलाई उपेक्षा गरिएको अर्थविद्हरुलेसमेत टिप्पणी गर्न थालेका छन् ।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक बाटोमा प्रवेश गरेपनि बजेटले २ नम्बर प्रदेशलाई राणाकालीन र पञ्चायतकालीन आँखाबाटै हेरेको प्रदेश–२ का आर्थिक विकास तथा योजनामन्त्री विजय यादवको टिप्पणी छ ।

बजेटप्रति सरकार र स्थानीयलेसमेत नकारात्मक प्रतिक्रिया दिएका छन् । २ नम्बर प्रदेशलाई बजेट विनियोजन गर्दा राज्यले विभेद गरेको आरोप उनीहरुको छ ।

बजेटले करको दायरलाई अस्वाभाविक बढाएको कारण बजेट जनमैत्री हुन नसकेको टिप्पणी स्थानीयको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्