Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


मन्त्री विष्टको निर्देशनमा म्यानपावरका कर्मचारी बढी शुल्क लिँदैगर्दा समातिए


0
Shares

पक्राउ पर्नेमा वसुन्धरास्थित डी सेन्टर ओभरसिज कन्सर्नका कर्मचारी बालकुमारी राई रहेका छन् ।

कतार जाने कामदारबाट रु ९५ हजार लिँदालिँदै उनलाई पक्राउ गरेको विभागका निर्देशक रामकुमार थापाले जानकारी दिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको सचिवालयमा कामदारले उजुरी गरेपछि मन्त्रीको निर्देशनमा विभागको टोलीले उक्त ओमरसिज कार्यालयबाट कर्मचारीलाई रकम लिँदालिँदै गरेको अवस्थामा दिउँसो ४ः३० बजेतिर पक्राउ गरेको हो ।

‘कतारमा फ्री भिसा फ्री टिकट भएकाले वैदेशिक रोजगारमा कतार जाने कामदारबाट १० हजारभन्दा बढी रकम लिन पाइँदैन’–निर्देशक थापाले भने–‘तर उक्त ओभरसिजले रु ९५ हजार लिन थालेको सूचना पाएर हामी पुग्दा रकम कामदारबाट लिँदै गरेको अवस्थामा पक्राउ गर्‍यौं ।’

फ्री भिसा फ्री टिकट भएको मुलुकमा कामदार पठाउँदा रु १० हजारभन्दा बढी रकम लिन नपाइने व्यवस्था छ ।

निर्देशक थापाले ओभरसिजका सन्चालक विदेशमा रहेकाले आएपछि अनुसन्धान गर्ने बताए । रासस