
इलाम, जेठ १८ । दुग्धजन्य वस्तुमध्ये धेरै उपभोक्ताले मन पराउने र राम्रो आम्दानी दिँदै आएको छुर्पी उत्पादन बर्षेनि घट्दै गएको छ ।
पछिल्लो समय पशुपालनकोे चलन हराउँदै गएपछि पहाडी जिल्ला इलाममा राम्रो आयको स्रोतका रूपमा रहेको छुर्पी उत्पादन घट्दै गएको हो । छुर्पी उत्पादन घटेसँगै दुग्धजन्य बस्तुबाट हुने आम्दानीमा निर्भर किसानको आम्दानी पनि गुम्दै गएको छ ।
पहाडी भेगमा चरन अभाव भएकोले पशुपालनको सट्टामा अरु वैकल्पिक व्यवसाय अँगाल्न थालेकाले छुर्पीको उत्पादन घट्दै गएको हो । छुर्पीको उत्पादन घटेसँगै इलामका छुर्पी व्यवसायीले दुध खरिद बन्दमात्र गरेका छैनन्, किसानबाट यसअघि किनेको दुधको मूल्य तिर्न नसक्ने अवस्थामा पुगेका छन् ।
सूर्योदय नगरपालिका बरबोटेका दिनेश महतले दैनिक २ हजार पाँच सय लिटर दुध खरिद गर्ने गरे पनि अहिले आधाभन्दा कममात्र प्रशोधन गर्ने गरेको बताए ।
इलाममा चीजका २५, ललिपप १३ र टोलै पिच्छे छुर्पी उद्योग खुलेका छन् । छुर्पी बिक्री नभए पनि नेपाली बजारमा बिक्री हुने ललिपप, बम्बैसन, पनिर, खुवाको माग भने सन्तोषजनक रहेको दुध व्यवसायीले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्