२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


उज्यालो गाउँपालिका निर्माणका लागि विद्युत् विस्तार


0
Shares

खोटाङ, जेठ १८ । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले उज्यालो गाउँपालिका निर्माणका लागि केन्द्रीय प्रसारण लाइनबाट विद्युत् विस्तारको काम थालेको छ ।

गाउँपालिकाको ४० लाख लगानीमा खोटेहाङ गाउँपालिका–७ खोटाङबजार–रातमाटा हुँदै गाउँपालिका जोड्न केन्द्रीय प्रसारण लाइनको विद्युत् काम थालेको हो ।

गाउँपालिकालाई उज्यालो बनाउने लक्ष्यका साथ केन्द्रीय प्रसारण लाइन विस्तारको काम थालिएको गाउँपालिकाका प्रमुख शंखर राईले जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले विद्युत विस्तारका लागि ८५ वटा पोल सहयोग गरेको छ । विद्युत विस्तारका लागि तार, पोललगायत आवश्यकीय सामाग्री ल्याइएको छ ।

कामको ठेक्का लागिसकेको छ भने पोल गाड्न खाडल खन्न सुरु गरिएको छ । विद्युत नहुँदा स्थानीय वर्षौंदेखि सोलार टुकीको भरमा थिए ।