
दुर्घटनामा अरु १४ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।
२७ जना यात्री सवार लु२ख ९७५ नम्बरको बस बाटोबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो ।
मृत्यु हुनेहरुमा तानसेन नगरपालिका–२ का लोकनाथ ढकाल, तानसेन–३ का देवेन्द्रलाल प्रधान, सोही स्थानका छत्रमान शाक्य, वसन्ती खाँण, कमला कार्की, कृष्णमान बज्राचार्य, तानसेन–४ का विष्णुमान बज्राचार्य, सोही स्थानका डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख कृष्णबहादुर बोहरा, तानसेन–६ का सुशीलप्रसाद श्रेष्ठ, सोही स्थानका दुर्गाबहादुर सारु, गीता बुढाथोकी, सचिन बज्रार्चाय र तानसेन-५ की दुर्गा श्रेष्ठ छन् ।
घाइतेहरुको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।
पाल्पाको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पदाधिकारीहरु रामपुरका विभिन्न सहकारी संस्थाको अवलोकनमा जानेक्रममा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मृतक सबै तानसेन नगरभित्रका परेपछि तानसेन शोकमग्न भएको छ ।
पहिरोले पुरेर मृत्यु
पाल्पाकै तिनाउ गाउँपालिका–३ हेडबक्समा गएको पहिरोले पुरेर शुक्रबारै रम्भादेवी गाउँपालिका–४ का मोहन रेश्मी मगरको मृत्यु भएको छ ।
पहिरोकै कारण बिहानैदेखि सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । यसअघि पनि यही स्थानमा पटक–पटक पहिरो खस्ने गरेको थियो ।
बाटो बन्द भएपछि पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पा हुँदै गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बागलुङ हिँडेका यात्री समस्यामा परेका छन् ।
सामान्य वर्षामै पहिरो जान थालेपछि यात्री समस्यामा पर्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्