
भूतपूर्व नेपाली सैनिक बद्री गौलीले ठमेलमा स्याउ फलाएको दृष्य अनौठो छ ।
उनले कौसीमा स्याउमात्रै होइन, आँप, नास्पाती, अम्बालगायतका फलफूल पनि फलाएका छन् ।
वि.सं. २०६८ सालमा स्याउको बिरुवाबाट सुरु गरेका उनले हाल करिब ७५ प्रजातिका विभिन्न रुख–बिरुवा हुर्काउँदै आएका छन् । अरुले पनि प्रयास गरे कौसीमै स्याउखेती सम्भव रहेको गौली बताउँछन् ।
सानो ठाउँमा पनि मिहिनेत गरी लटरम्म फलाइएको स्याउको रुख देखेर धेरैले लोभ गर्ने गरेको उनको भनाइ छ ।
काठमाडौंका नर्सरीहरुबाट बिरुवा खरिद गरी उनले कौसीमा खेती गरेका हुन् । यो काममा धेरै मिहिनेत र धैर्य चाहिने गौली बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्